काठमाडौं । सरकारले पोखराको मणिपाल शिक्षण अस्पताल र लमजुङको लमजुङ अस्पताल लगायत स्वास्थ्यसंस्थामा चिकित्सकमाथि आक्रमण र तोडफोड गर्नेलाई मुद्दा चलाउन निर्देशन दिएको छ ।
गृह मन्त्रालयले चिकित्सक आक्रमणमा संलग्नलाई मुद्दा चलाउन निर्देशन हो । मणिपाल शिक्षण अस्पताल र लमजुङ अस्पतालमा चिकित्सकहरूमाथि आक्रमण भएपछि बुधबार आन्दोलित भएका थिए ।
त्यसलगत्तै गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसहित सरोकारवालाहरुको बैठक बोलाएका थिए । बैठकमा मेडिकल काउन्सिल, एसोसिएसन, नर्सिङ काउन्सिल, चिकित्सक संघ, अस्पतालका डाक्टर, मेडिकल आबद्ध सरोकारवालाहरु उपस्थित थिए ।
कुटपिटको आरोपमा बेंसीसहर नगरपालिका–७ का वडा अध्यक्ष ऋषिराम बस्नेत र पोखरा–५ का विनय गुरुङलाई प्रहरीले प्रक्राउ गरिसकेको छ ।
प्रतिक्रिया