Logo

Breaking News 1

ईः र काठमाडौं महानगरपालिकाबीच आज वार्ता हुँदै



काठमाडौं। राष्ट्रिय सभागृहबाहिर ८ दिनदेखि उभिइरहेका अभियन्ता ई: र काठमाडौं महानगरपालिकाबीच वार्ता हुने भएको छ ।

मंगलबार दिउँसो साढे २ बजे वार्ता हुने मेयर बालेन शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए । काठमाडौं महानगरपालिकाले प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वार्ता टोली बनाएको छ भने आन्दोलनरत पक्षबाट अभियन्ता ईःसहितको टोली वार्तामा जाने भएको छ ।

मंगलबारको वार्तामा महानगरबाट प्रवक्ता मानन्धरसँगै दुईजना वडाध्यक्ष, कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य, मेयर बालेनको सचिवालय प्रतिनिधि बस्ने तय भएको छ । आन्दोलनरत पक्षबाट ईः, कानुन विज्ञ, शहरी विकास विज्ञसहित ४ जनाको टोली जानेछ ।

टपाथ व्यवसायीको उचित व्यवस्थापन हुनुपर्नेलगायतका माग राखेर ईःसहितका अभियन्ता काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह बाहिर उभिइरहेका छन् ।

यसअघि सोमबार मेयर बालेन शाहले वार्ता गर्न भन्दै ईःलाई बोलाउन नगर प्रहरी पठाएका थिए । ईःले एक्कासी आएर धम्कीको शैलीमा एक्लै बोलाएपछि नगएको बताएका थिए ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  २ : १७ बजे