काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठक सकिएको छ । ९ वटा निर्णय गर्दै कांग्रेस केन्द्रीय समिति बैठक सकिएको हो ।
आगामी मंसीरमा हुने महासमिति बैठकको तयारीका लागि तीनवटा समिति गठन गर्ने, महँगी, असुरक्षा लगाएतका बारेमा सरकारको गम्भिर ध्यानाकर्षण गराउने लगाएतका निर्णय कांग्रेसले गरेको हो ।
प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार सभापति शेरबहादुर देउवाको नेतृत्वमा मुल आयोजक समिति, उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा प्रस्ताव तयारी समिति गठन गर्ने निर्णय कांग्रेसले गरेको छ ।
त्यस्तै महामन्त्री गगन थापाको नेतृत्वमा संगठन र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा राजनीतिक प्रस्ताव समिति गठन गर्ने निर्णय समेत कांग्रेसले गरेको छ ।
कांग्रेसका निर्णय सरकारलाई बुझाउने र निर्णय कार्यान्वयन गर्न सरकालाई दबाब दिने निर्णय समेत कांग्रेसले गरेको छ ।
प्रतिक्रिया