Logo

खेलकुद

साफ यू–१९ च्याम्पियनसिप : माल्दिभ्ससँग खेल्दै नेपाल



साफ यू–१९ च्याम्पियनसिपमा सोमबार माल्दिभ्सविरुद्ध घरेलु टिम नेपाल जित्नैपर्ने दबाबमा उत्रिँदै छ । समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा पाकिस्तानसँग १–० को हार व्यहोरेको थियो ।

यसैकारण सेमिफाइनलमा प्रवेश गर्नका लागि आज नेपाललाई जित्नैपर्ने दबाब छ । हार वा बराबरीको नजिताले दुईपटकको च्याम्पियन नेपालको चुनौती समूह चरणमा नै समाप्त हुनेछ ।

माल्दिभ्स भने नेपालविरुद्ध बराबरी गरे पनि सेमिफाइनलमा प्रवेश गर्नेछ । माल्दिभ्सले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो ।

समूहमा दुई खेलबाट चार अंक जोडेको पाकिस्तानले विजेताका रूपमा अन्तिम चारमा स्थान बनाइसकेको छ । दोस्रो स्थानमा रहेको माल्दिभ्सको एक अंक छ । अंकविहीन नेपाल समूहको पुछारमा छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ९ : २८ बजे