Logo

मुख्य समाचार

शिक्षकहरुको आन्दोलन आज पनि जारी रहने


५ आश्विन २०८०, शुक्रबार  

46
Shares

काठमाडौं । आन्दोलनरत शिक्षक संगठनले आज पनि काठमाडौं केन्द्रित आन्दोलनलाई निरन्तरता दिने भएका छन् । गत असोज ३ गते देखि देशैभरीका सरकारी शिक्षकहरु जम्मा भएर काठमाडौंमा आन्दोलन गरेपछि राजधानीकाे दैनिकी अस्तब्यस्त बन्न पुगेको छ ।

सरकारले हालै ल्याएको बिद्येयकले सरकारी शिक्षक, राहात शिक्षकलगायतलाई अन्याय गरेको भन्दै अबिलम्ब साे बिधेयक सच्चाउनु पर्ने माग गर्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन । उनीहरुले आफनो माग पुरा नभएसम्म काठमाडौं नछाडने अडान लिए पछि सरकार अप्ठयारोमा परेको छ ।

यता, शिक्षक संगठनको आन्दोलनले काठमाडौं उपत्यकाको ट्राफिक अवस्था अस्तब्यस्त हुन पुगेको छ । जसका कारण हिजो दिनभरी काठमाडौं उपत्यकामा घन्टौसम्म ट्राफिक जाम भएकाे थियाे भने माइतीघर बानेश्वर सडक खण्डमा सबारी आबातजावत रोकिएको थियो । ज पनि आन्दोलन जारी रहने भए पछि काठमाडौं उपत्यकाको सवारी आवाताजावत पुरै प्रभाबित हुने भएका छन् ।

यद्धपी, आन्दोलनकारी शिक्षक र सरकार बिचमा आज पनि बार्ता हुने भएको छ । गत असोज ३ देखि देशैभरीका शिक्षक जम्मा भएर काठमाडौं केन्द्रित आन्दोलन गरे पछि सरकारले उनीहरुलाई बार्तामा बोलाएर समाधान खोज्न खोज्न लागेको हो । हिजो बिहान र साँझ भएको बार्ता असफल भए पछि आज पनि बार्ता हुन लागेको हो । सो बार्ता आज बिहान ८ बजे हुने जनाईएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ७ : ५८ बजे