Logo

अर्थ

नेपालको आर्थिक वृद्धिदर अघिल्लो वर्षभन्दा बढ्ने एडिबीको प्रक्षेपण



काठमाडौं । एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा एक दशमलव ९ र सन् २०२४ मा ४ दशमलव ३ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

नेपालमा सन् २०२३ मा मुद्रास्फीति सात दशमलव ७ प्रतिशत रहने अनुमान गर्दैै सन् २०२४ मा भने त्यो घटेर ६ दशमलव २ प्रतिशत कायम हुने प्रक्षेपण गरिएको छ ।

आन्तरिक माग बढ्दै गएको, पर्यटन क्षेत्र लयमा फर्किन थालेकोलगायतका कारण एसिया र प्रशान्त क्षेत्रमा अर्थतन्त्रको अवस्था सुधारोन्मुख रहेको एडिबीले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ९ : ३८ बजे