Logo

Breaking News 1

माधव–झलनाथ टकराव छताछुल्ल, विवाद उत्कर्षमा


२९ भाद्र २०८०, शुक्रबार  

46
Shares

काठमाडौं । एमालेबाट विद्रोह गरेर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र आन्तरिक संघर्ष चुलिएको छ । आगामी माघमा महाधिवेशन गर्ने निर्णय गरेर तालिका समेत सार्वजनिक गरेको नेकपा एकीकृत समाजवादीभित्र सम्मानित नेता झलनाथ खनाल र अध्यक्ष माधवकुमार नेपालकै बिचमा अन्तरसंघर्ष शुरु भएको हो ।

यसअघि पार्टीको प्रधान सत्रु कांग्रेसलाई बनाउनुपर्ने एजेण्डा नेता खनालले अघि सारेको भएपनि कांग्रेससँगै एउटै गठबन्धनमा रहेर चुनाव लड्नेदेखि सरकारमा समेत सहभागी भइरहेकाले प्रधान शत्रु कांग्रेसलाई बनाउन अध्यक्ष माधवकुमार नेपाल तयार देखिएनन् । त्यसकै कारण नेकपा एकीकृत समाजवादीको प्रधान शत्रु को भन्ने अहिलेसम्म खुलाइएको छैन ।

यता २८ भदौ २०८० मा अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेपछि विवाद झन बढेको छ । शुक्रबार भएको एक कार्यक्रममा नेता खनालले अपानिबारे आफु जानकार नरहेको बताएका थिए । खनालले पार्टीमा छलफल नै नगरी अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको बताएका छन् ।

शुक्रबार राजधानीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले अध्यक्ष नेपालको कदम खतरनाक भएको बताए । पार्टीको कुनै कमिटीमा छलफल नगरी जारी भएको भन्दै उनले भने, ‘यो एकदम खतरनाक कुरा हो, कसैको पनि सहमति छैन ।’

त्यसोत एमाले सचिव रामकमारी झाँक्री पार्टीका गतिबिधिमा संलग्न छैनन् । पार्टीले जिम्मेवारी नदिएको र एमालेसँगको विभाजनको औचित्य समेत पुष्टि हुन नसकेको झाँक्रीले बताउने गरेकी छन् । कतिपयले त झाँक्री एमालेमै फर्कने तयारी गरेको समेत भन्ने गरेका छन् । तर माघमा हुने महाधिवेशनको तयारीस्वरुप पार्टीभित्र अन्तरविरोध शुरु भएको कतिपय नेताहरुले बताउने गरेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ९ : ४७ बजे