Logo

मुख्य समाचार

पाल्पामा रात्री बस दुर्घटना, २० जना घाइते



काठमाडौं । पाल्पाको तानसेनमा रात्रि बस दुर्घटना भएको छ । पाल्पाबाट काठमाडौंका लागि छुटेको लु २ ख १४०३ नम्बरको बस तानसेन नगरपालिका–४, बारुदखानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर २० जना घाइते भएको र घाइतेलाई उपचारका लागि मिसन अस्पतालमा पठाइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

बसको ब्रेक फेल भएपछि दुर्घटनामा परेको र दुर्घटनास्थलमा दुई वटा मोटरसाइकलका साथै दुई घरमा समेत क्षति पुगेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  ९ : ५२ बजे