Logo

Breaking News 1

प्रभु साह बिरुद्ध गाली बेइज्जती मुद्धा



गौर । पुर्वमन्त्री समेत रहेका आम जनता पार्टीका अध्यक्ष प्रभु साहबिरूद्द गाली बेइज्जतीको मुद्दा दर्ता भएको छ ।

जिल्ला अदालत, गौरमा समाजवादी युवा संघ, रौतहटका इन्चार्ज सन्जीव कुमार यादवले साह बिरूद्द गाली बेइज्जती मुद्दा दर्ता गरेका हुन ।

उनले दर्ता गरेको मुद्दामा साहसहित सोही पार्टीका नेताहरू उपेन्द्र साह, अमर साह, चन्देस्वर साह र चन्द्रभुसन साहलाइ बिपक्षी बनाएका छन।

सांसद साहको निर्देशनमा आफुलाइ घेरा हाली हातपात गर्नुको साथै गाली बेइज्जत गरी आफ्नो मानमर्यादा र प्रतिष्ठामा आँच पुर्याउने काम गरेको उनको अभियोगमा उल्लेख छ ।

जनता समाजबादी पार्टी नेपाल रौतहटको जिल्ला कार्यकारिणी समिती सदस्यसमेत रहेका यादवको मुद्धामा चाँडै सुनवाई हुने अदालतले जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ११ : ३२ बजे