काठमाडौं । अमेरिकाको चेतावनीका बिच उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन रुस प्रस्थान गरेका छन् । उनी चढेको रेल रूसका लागि प्रस्थान गरेको दक्षिण कोरियाली समाचार संस्था योनहापले उल्लेख गरेको छ ।
कोरोना महामारीपछि देश छाडेर नहिडेका किमले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग हतियार सम्झौताबारे छलफल गर्ने तयारी गरेको समाचारमा जनाइएको छ ।
उत्तर कोरियाली नेता किमले युक्रेनमा रुसी आक्रमणको समर्थन गर्दै आएका छन् ।
प्रतिक्रिया