काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।
सोमबार बेलुका दाहाल विराटनगरबाट समाजवादी मोर्चाको कार्यक्रम सकेर फर्केलगत्तै सभापति देउवा वालुवाटार पुगेका हुन् ।
दुई नेताबीचको भेटमा समसामयिक राजनीतिक, आसन्न अमेरिका तथा चीन भ्रमणलगायतका विषयमा छलफल भएको बताइएको छ ।
संक्रमणकानिल न्यायसम्बन्धी कानूनका बारेमा समेत भेटवार्तामा छलफल भएको जनाइएको छ ।
प्रतिक्रिया