Logo

अर्थ

थप १८० मेघावाट विजुली भारत निर्यात शुरु



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आइतबार रातिदेखि थप १ सय ८० मेगावाट बिजुली भारत निर्यात सुरु गरेको छ ।

प्राधिकरणका अनुसार १ सय १० मेगावाट बिजुली ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर प्रसारणलाइनबाट निर्यात गरिने भएको हो ।

यसअघि ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनबाट ४ सय ५२ मेगावाट विजुली निर्यात हुँदै आएको थियो । महेन्द्रनगर–टनकपुर प्रसारणलाइनबाट यसअघि बिजुली आयातमात्रै हुने गरेको थियो ।

आइतबारदेखि कुल ६ सय ३२ मेगावाट बिजुली भारतमा निर्यात गरिनेछ । भारतमा आवश्यक परेका बेला ७ सय मेगावाटसम्म निर्यात गरिने प्राधिकरणले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ११ : ०८ बजे