काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादव स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि वीर अस्पताल भर्ना भएका छन् ।
उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि पूर्वराष्ट्रपति यादव आइतबार वीर अस्पतालको भिआइपी कक्षमा भर्ना भएका हुन् ।
अस्पतालमा उपचाररत यादवको स्वास्थ्य अबस्थाबारे स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालसँग जानकारी लिएका छन् । पूर्वराष्ट्रपति यादवलाई उपचारका लागि थप केही दिन अस्पतालमा राखिने बताइएको छ ।
वीर अस्पतालमै खुकुरी प्रहार भएर अस्पताल भर्ना भएका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव समेत उपचारका क्रममा रहेका छन् ।
प्रतिक्रिया