काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्कीले सपथ लिएका छन् । सर्वोच्चको परमादेशपछि उनी मुख्यमन्त्री नियुक्त भएका थिए । सर्वोच्चको आदेशअनुसार कार्की नेतृत्वको सरकार सबैभन्दा ठुलो दलको नेताका रुपमा गठन भएको हो ।
अब कार्की नेतृत्वको सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । तर अहिलेकै अबस्थामा भने काकी नेतृत्वको सरकारले विश्वासको मत पाउने अबस्था छैन । ३० दिनभित्र विश्वासको मत लिन नसके कार्की नेतृत्वको सरकार ढल्नेछ । र नयाँ सरकार गठनको संविधानको अर्को धारा प्रयोग हुने सर्वोच्चले व्याख्या गरिसकेको छ । जुन धारामा कुनै एक सांसदले बहुमत जुटाएर सरकारको दाबी गर्न पाउनेछन् । त्यस्तो सरकार बन्नसक्ने अबस्था नभएमा प्रदेशसभा विघटन भएर मध्यावधि चुनाव हुनेछ ।
हुनत मुख्यमन्त्री नियुक्त भएका कार्कीले बिहिबार मात्रै सर्वदलीय सरकार गठनको आह्वान गरेका थिए । तर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका केन्द्रमा गठबन्धन गरेका दलहरुले एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिने अबस्था बन्ने देखिएको छैन । जसका कारण अबको एक महिनापछि कोशी प्रदेश मध्यावधि चुनावतर्फ जानसक्ने देखिएको छ ।
प्रतिक्रिया