Logo

Breaking News 1

सरकारले भ्रष्टाचारलाई जरैदेखि उखेल्छ भने राप्रपाले समर्थन र सत्ता टिकाउन पनि सहयोग गर्छः लिङदेन


२२ भाद्र २०८०, शुक्रबार  

69
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई स्याबासी नै दिनु पर्ने बेला नआएको बताएका छन् ।

शुक्रबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वउपप्रधान तथा उर्जामन्त्रीसमेत रहेका लिङदेनले वर्तमान सरकारले गरेको भ्रष्टाचारविरोधी कामको भने राप्रपाले समर्थन गरिरहेको बताएका छन् । उनले सरकारले भ्रष्टाचारलाई जरैदेखि उखेद्यने हिम्मत गरेमा सत्ता टिकाउन राप्रपाले सहयोग गर्ने प्रष्ट पारेका छ्न ।

लिङदेनले कोशी प्रदेशमा सत्ता टिकाउन र गिराउमा आफूहरु कहिल्यै पनि नलाग्ने प्रष्ट पारे । एक दुई जना मन्त्रीका लागि आफ्नो पार्टीको ध्यान नगएको उनको दाबी छ । उनले नेपालको राजनीतिमा गर्वकासाथ शिर ठाडो पारेर आँखामा आँखा जुधाएर भ्रष्टाचारविरुद्ध उभिन सक्ने एक मात्र पार्टी राप्रपा भएको दाबीसमेत गरेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  १ : ३९ बजे