काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा अञ्जनीकुमार झा नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठ्कले झालाई उपाध्यक्षमा नियुक्ति गरेको हो । लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा गठित समितिले झासहित श्रीकृष्ण गिरी, प्रवीण मिश्रलार्य सिफारिस गरेको थियो ।
उपाध्यक्ष गिरीको ४ वर्षेकाल भदौ २६ गतेबाट पूरा हुँदैछ । सिफारिसको आधारमा प्रधानमन्त्री तथा आयोग अध्यक्षले एक जनालाई उपाध्यक्षमा नियुक्ति गर्ने कानूनी व्यवस्था छ ।
प्रतिक्रिया