Logo

Breaking News 1

बालेनले सरकारलाई ‘चोर’ भनेको शतप्रतिशत सही : सांसद अग्रहरी



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद अमृतादेवी अग्रहरीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकारलाई लगाएको आरोप सही भएको बताएकी छन् ।

गएको शनिबार राति मेयर बालेनले सामाजिक सञ्जालमा केन्द्र सरकारलाई ‘चोर’को संज्ञा दिएका थिए । सोमबार बिहान उनले फेसबुकबाट सो स्टाटस  हटाएका छन् । सांसद अग्रहरीले बालेनको सोही भनाइको समर्थन गरेकी हुन् ।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा उनले ‘बालेनले चोर भनेको शतप्रतिशत सही’ रहेको बताइन् । विमानस्थलबाट ठूलो परिमाणमा अवैध सुन भित्र्याइएको विषयलाई उनले त्यसको उदाहरणका रूपमा प्रस्तुत गरिन् ।

मेयर बालेनले सोही स्ट्याटसमार्फत ‘सिंहदरबारमा आगो लगाइदिने’ धम्की समेत दिएका थिए । सांसद अग्रहरीले उक्त चेतावनी भने गलत रहेको स्पष्ट पारिन् ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  १२ : १६ बजे