Logo

मुख्य समाचार

होटल व्यवसायी संघ महोत्तरीकाे नेतृत्वमा गुन्ज कार्की



महोत्तरी । होटेल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको चौथो अधिबेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ । गत १८ भदौमा भएको साधारणसभाले गुन्ज कार्कीको नेतृत्वमा २१ जनाको कार्यसमिति चयन गरेको हो ।

बिधानअनुसार बनेको कार्यसमितिमा ३ जनालाई उपाध्यक्षमा नै निर्वाचित गरिएको छ । जसअनुसार निर्वाचित हुनेहरुमा प्रथम उपाध्यक्ष अमित श्रेष्ठ, दृतिय उपाध्यक्ष बलराम श्रेष्ठ र तृतीय उपाध्यक्षमा मिन वहादुर थापा रहेको निर्वाचन मण्डलले जानकारी दिएको हो ।

यसैगरी महासचिवमा नारायण घिमिरे, सचिवमा परमेश्वर महतो, स-सचिव अमृत श्रेष्ठ, कोषाध्यक्षमा बिमल भण्डारी, स-कोषाध्यक्षमा धनेश्वर साह चयन भएका छन् । सदस्यहरुमा भने १२ जना निर्वाचित भएको नवनिर्वाचित माहासचिव नारायण घिमिरेले जानकारी दिए ।

निर्वाचित हुने सदस्यहरुमा आरती घिमिरे, मिरा पराजुली, कमला कोइराला, बिनोद भण्डारी, मुकेश साह, साविर हुसेन, रोसन कार्की, ज्ञानबहादुर राउत, सन्तोष श्रेष्ठ, बिस्वास ढुंगेल, उमेश महतो र हर्क बहादुर दाहाल रहेका छन् । यसअघि कार्यकाल सुदिप कार्की ९रेवन्त०ले नेतृत्व गरेका थिए । उन्लाई साधारणसभाले पदेन्न सदस्यमा मनोनित गरेको छ ।

 

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ८ : ०६ बजे