Logo

मुख्य समाचार

अर्घाखाँचीमा चट्याङ लागेर एकजनाको मृत्यु, चारजना घाइते



अर्घाखाँची । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा न ९ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। घटनामा चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मालारानी गाउँपालिका वडा न‌म्बर ९ का बर्ष २० का मिलन खनाल रहेका छन् । घाइतेहरूको अर्घाखाँची अस्पतालमा प्राथामिक उपचारपछि थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको बताइएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ७ : ५३ बजे