Logo

Breaking News 1

वडाअध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता



काठमाडौं। सोलुखुम्बुको खिुपिके गाउँपालिका–२ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

वडाध्यक्ष बस्नेतले गाउँपालिका–२ को भवन निर्माणका लागि जग्गा निःशुल्क दानपत्रमार्फत प्राप्त गरी ६ लाख रुपैयाँमा खरिद गरेको भुक्तानी देखाइ झुटा खरिद ब्यहोरा उल्लेख गरिएको पाइएको भन्दै उनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

उक्त झुठो विवरण तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जीवन सुवेदीले दिन नमिल्ने रकम ६ लाख रुपियाँ भुक्तानी लिई दिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम माग दाबी लिई आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ६ : ०९ बजे