काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालयको बैठक बोलाएको छ । पार्टी कार्यालय आलोकनगरमा सोमबार बस्नेगरी बैठक बोलाइएको भए पनि समय भने तय गरिएको छैन ।
बैठकमा पार्टी कमिटी निर्णयको कार्यान्वयनख तथा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
आउँदो माघमा महाधिवेशन तयारीका विषयमा पनि छलफल हुने र सोहीअनुसार जिम्मेवारी बाँडफाँटका सम्बन्धमा पनि छलफल हुन सक्ने बताइएको छ ।
प्रतिक्रिया