Logo

मुख्य समाचार

मेक्सिकोमा गोली हानाहानमा एकको मृत्यु



मेक्सिको सिटी । मेक्सिकोको लुइसियानामा एक हाईस्कूलमा फुटबल खेलको क्रममा गोली चलेको छ । फुटबल मैदानमा भएको गोली हानाहानमा गोली लागेर १६ वर्षीय विद्यार्थीको मृत्यु भएको छ भने एक महिला घाइते भएका छन् ।

समाचार अनुसार अभियुक्तहरू अझै प्रहरी हिरासतबाट बाहिर छन्। गोली लागेपछि पोर्ट एलेन हाईस्कूलको मैदानमा मेडिकल हेलिकप्टर अवतरण भएको प्रहरीले जनाएको छ, जहाँबाट उनलाई सीधै अस्पताल लगिएको छ । अस्पतालमा लगे लगत्तै चिकित्सकले विद्यार्थीलाई मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ८ : २८ बजे