Logo

मुख्य समाचार

एमाले नेता आँफै समाप्त भइरहेका छन् : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले आफैँ समाप्त भएर जाने टिप्पणी गरेका छन् । एकीकृत समाजवादीलाई समाप्त पार्ने घोषणा गरिरहेका एमाले नेता आफैँ सोत्तर भइरहेको र हावा खाइरहेको उनको टिप्पणी छ ।

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले आफ्नो पार्टीले भने हरेक असम्भव कुरालाई सम्भव बनाउँदै अघि बढिरहेको उनले बताए ।  अरू पार्टीहरूलाई समेत साथमा लिएर समाजवादको झन्डालाई बुलन्द गर्ने काम आफूहरू गरिरहेको उनले बताए। पार्टीलाई सशक्त बनाउन आफूहरूले संगठन निर्माणको कामलाई तीव्रता दिएको उनले उल्लेख गरे ।

‘कसैकसैले हाम्रो पार्टीलाई समाप्त पारिदिने भनेर घोषणा गरिरहेका छन् । समाप्त पार्ने होइन, ती व्यक्तिहरू जसले त्यसो भनिरहेका छन्, यो पार्टीको कुनै अर्थ छैन भनेर । उनीहरू आफैँ सोत्तर भइरहेका छन् । हावा खाइरहेका छन्,’ अध्यक्ष नेपालले भने । पार्टीलाई जनताका बीचमा लैजाने गरी गतिविधिलाई अघि बढाउन उनले नेता–कार्यकर्तालाई निर्देशन समेत दिएका छन्।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ६ : १४ बजे