Logo

Breaking News 1

चीनको नक्साबारे बोल्यो सरकार, नेपालको नक्साको सम्मान गर्न सरकारको आग्रह


१५ भाद्र २०८०, शुक्रबार  

0
Shares

काठमाडौं । चीनले केहीदिनअघि जारी गरेको आफ्नो देशको नयाँ नक्सामा यसअघि नेपालले लिपुलेक तथा लिम्पियाधुरा क्षेत्रलाई समेटेर सार्वजनिक गरेको नक्सालाई बेवास्ता गरेको भन्दै नेपालले पनि प्रतिक्रिया जनाएको छ।

भारत लगायत केही देशले विरोध जनाउने गरी चीनले नक्सा जारी गरेको चार दिनपछि परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालको नक्सालाई सम्मान गर्न आग्रह गरेको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘नेपालको संसद्ले सर्वसम्मतिले पारित गरेको राजनीतिक एवं प्रशासकीय नक्साप्रति नेपाल स्पष्ट र दृढ रहेको छ । यो नक्सालाई हाम्रा छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्नेमा नेपाल सरकारको स्पष्ट विश्वास रहेको छ। आफ्ना सीमा मामिलाहरूलाई वार्ता र कूटनीतिमार्फत समाधान गर्न नेपाल प्रतिबद्ध छ।’

चीनले सोमवार जारी गरेको नयाँ नक्सामा नेपालले विक्रम सम्बत् २०७७ सालमा संविधान संशोधन गरेर थप गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतमै देखाइएको छ। नेपालले आफ्नो दाबी गरेको यो क्षेत्र भारतको नियन्त्रणमा छ ।

अरुणाचल प्रदेश र अक्साई चीनलाई चीनले आफ्नो देशको हिस्साको रूपमा उल्लेख गरेको भन्दै भारतले यसअघिनै विरोध जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ८ : ५१ बजे