Logo

मुख्य समाचार

पाकिस्तानमा पिताले गरे डाक्टर छोरीको हत्या


१५ भाद्र २०८०, शुक्रबार  

0
Shares

कराँची । पाकिस्तानमा एक पिताले डाक्टर छोरीको हत्या गरेका छन् । विवाहको विषयलाई लिएर मतभेद बढे पछि पीताले आफनो डाक्टर छोरीको हत्या गरेका हुन् ।

पाकिस्ताको पञ्जाब प्रान्तमा ती बाबुले आफ्नी २५ वर्षीया डाक्टर छोरीले इज्जत गुमाउन लागेको भनेर गोली हानी हत्या गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

सो घटना पञ्जाबको राजधानी लाहोरबाट करिब ३०० किलोमिटर टाढा रहेको मियाँवालीमा भएको हो । सिद्रा खान आफ्नो सहकर्मी डाक्टरसँग विवाह गर्न चाहन्थे तर उनका बुबाले मानेनन् ।

सोही बिषयमा बाबु र छोरीका बीचमा आन्तरिक विवाद बढदै गए पछि पिताले आफनो छोरीलाई गोली हानेका थिए । पिताले हानेको गोली लागेकी डाक्टर सिद्रालाई घाइते अवस्थामा अस्पताल पुर्याइएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ९ : १२ बजे