Logo

मुख्य समाचार

त्रिशूली नदीमा हामफालेका युवकको उद्धार



चितवन । पुलबाट त्रिशूली नदीमा हामफालेका युवकको प्रहरीले नदीबाट जिवितै उद्धार गरेको छ ।

चितवनको फिस्लिङ र गोरखाको गण्डकी गाउँपालिका जोड्ने मोटरेबल पुलबाट हामफालेका सिन्धुलीका २५ वर्षीय युवकलाई नेपाल प्रहरीले आज उद्धार गरेको हो ।

प्रहरीले नदीबाट जिवितै उद्वार गरी ट्रमा सेन्टर कुरिनटारमा उपचारका लागि लगेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  ५ : ४३ बजे