काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कुनै पनि शक्तिले सरकार ढाल्न नसक्ने भन्दै सरकार ढल्ने चिन्ता नलिन आग्रह गरेका छन् ।
सुर्खेतमा भएको समाजवादी मोर्चाको सन्देशसभामा अध्यक्ष नेपालले सरकारले सही काम गरिरहेको भन्दै सरकारलाई देशी, विदेशी कुनै शक्तिले हल्लाउन नसक्ने बताएका हुन् ।
नेपालले सरकारमा रहेका कम्युनिस्ट धारका दलहरूको मोर्चा हुँदा सत्तारुढ कांग्रेस रुष्ट हुन्छ भन्ने हल्लामात्रै रहेको उनको भनाई थियो ।
सत्तारुढ गठबन्धनमा रहेका सबै एक ठाउँमा रहेको भन्दै अध्यक्ष नेपालले प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरुद्ध चालेको कदममा सत्तारुढ दलहरूको ऐक्यबद्धता रहेको समेत बताए ।
प्रतिक्रिया