Logo

Breaking News 1

पाकिस्तानसँग नेपाल २३८ रनले पराजित



काठमाडौँ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा आयोजक पाकिस्तानले नेपाललाई दुई सय ३८ रनले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर तीन सय ४२ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले २३ दशमलव ४ ओभरमा अलआउट हुनुअघि १०४ रनमात्र बनाउन सक्यो ।

नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल आठ रन बनाउँदै आउट भए भने कप्तान रोहित पौडेल शून्य रनमै आउट भए । आसिफ शेखले ५ रन बनाए भने आरिफ शेख २६, सोमपाल कामीले २८ रन बनाए ।

दीपेन्द्रसिंह ऐरीले तीन रन बनाए भने गुल्सन झाले १३ रन बनाए । सन्दीप लामिछाने शून्य रनमै आउट हुँदा कुशल मल्ल ६ रनमा आउट भए । अन्तिम विकेटका रुपमा ललित राजवंशीलाई गुमाउँदा नेपालको स्कोर १०४ मात्रै बन्नसक्यो ।

त्यसअघि पाकिस्तानका लागि कप्तान बाबर आजमले १५१ रनको शतकीय पारी खेले । इफ्तिकार अहमदले नटआउट रहँदै १०९ रन बनाए ।

नेपालले आफ्नो दोस्रो खेल भदौ १८ गते श्रीलंकाको केन्डीमा भारतसँग खेल्नेछ । आईसीसी एकदिवसीय वरीयतामा पाकिस्तान पहिलो र नेपाल १५औं स्थानमा छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ९ : ५९ बजे