Logo

Breaking News 1

उद्योग वाणिज्य तथा उपभोक्ता समिति सभापतिमा अब्दुल खान निर्विरोध निर्वाचित



काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता समितिको सभापतिमा अब्दुल खान निर्विरोध निर्वाचित भएका छन् । सोमबार बसेको समिति बैठकमा जनमत पार्टीका सांसद खान निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

आइतबार मनोनयन दर्ताका क्रममा दुईजनाको उम्मेदवारी परेको थियो । तर, सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएसँगै खान निर्विरोध निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ५ : १२ बजे