Logo

मुख्य समाचार

सर्वोच्च अदालतको न्यायाधीशमा पौडेल सिफारिस



काठमाडौं । न्यायपरिषदले विनोद शर्मा पौडेललाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । गतवर्ष भदौमा पनि उनको नाम सिफारिस भएको थियो । त्यसबेला संसदीय सुनुवाइ हुन नसकेका कारण उनको नियुक्ति प्रक्रिया अघि बढेको थिएन ।

आइतबार बसेको न्यायपरिषद बैठकले उनलाई पुनः न्यायाधीशमा सिफारिस गरेको हो । गतवर्ष सर्वोच्च अदालतमा सिफारिस भएदेखि नै शर्मा सर्वोच्च अदालतमै काजमा छन् ।

सिफारिस हुनुअघि उनी उच्च अदालत जनकपुरमा कामू मुख्य न्यायाधीश थिए ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ९ : १७ बजे