Logo

मुख्य समाचार

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापतिमा जसपाको उम्मेदवार राजकिशोर यादव



काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत समितिको सभापति चयनका लागि आइतबार मनोनयन गर्दा प्रक्रिया चलिरहेको छ । आइतबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

अन्तर्राष्ट्रिय सम्बध र पर्यटन समितिको सभापतिमा जसपाबाट राजकिशोर यादवले उम्मेदवारी दिने भएका छन् ।

प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापतिका लागि हुने निर्वाचनमा अन्तर्राष्ट्रिय सम्बध र पर्यटन समितिको सभापतिमा यादवले उम्मेवारी दिने भएका हुन् ।

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको भागबन्डा अनुसार अन्तर्राष्ट्रिय सम्बध समिति जसपाको भागमा परेको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  १२ : ४५ बजे