Logo

Breaking News 1

काम गरेर अन्तर्राष्ट्रिय रूपमा बुद्ध भारतमा जन्मिएको भ्रमको अन्त्य गर्छु : उपाध्यक्ष डा.लामा



लुम्बिनी । संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष  प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले लुम्बिनी तिलौराकोट लगायतको क्षेत्रहरूको संरक्षण तथा सम्बर्द्धनको लागी महत्त्वपूर्ण सक्रियता देखाएका छन् ।

गौतम बुद्धले  लुम्बिनीमा जन्म लिएर २९ वर्ष बिताएको तिलौराकोट भारतमा रहेको भ्रम नेपालकै सक्रियता, ज्ञान, अध्यान, पुरातत्वको उत्खननको अभावले भएको बताएका उनले बताए । सांस्कृतिक रूपमा भारतको अर्थ समथर भू-भाग रहेको हुँदा बंगलादेश देखिको नेपालसम्मको  समथर भू-भाग विभिन्न ग्रहन्थहरुमा सांस्कृतिक रूपमा भारत उल्लेख भएको हुँदा यो  बुद्धको जन्मबारे भ्रम सिर्जना भएको बताउँदै उनले उक्त अन्तर्राष्ट्रिय रूपमा रहेको उक्त भ्रमको अन्त्य आफ्नै कार्यकालमा गर्ने समेत उद्गोष गरे ।

उनले तिलौराकोटमा बुद्धले बाल्यकाल बिताएको भूमि भएको र  करिब  २५ सय वर्षअघिको गणराज्य भएको हुदा यहाँको उत्खनन आवश्यक रहेको बताएका हुन् । भेटमा तिलौराकोट गौतम बुद्धका बुबा राजा शुद्धोधनको राजप्रसादले पनि चिनिन्छ।  तिलौराकोटभित्र विशेष गरी तीन भग्नावशेष छन्। ती दरबार, पूर्वी द्वार र पश्चिमी द्वार हुन्। यी स्थानमा प्राचीन इँटा र ढुंगा प्रशस्त मात्रामा देख्न सकिन्छ। यही नै यसको प्रमुख आकर्षण हो। तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने तयारीमा समेत रहेको छ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  १२ : ०१ बजे