Logo

धर्म / संस्कृति

यस्ताे छ आजकाे राशिफल !



काठमाडाैं । आज मिति २०८० भदौ १० गते, आइतवार, २७ अगस्ट २०२३। शुद्ध श्रावण शुक्लपक्ष एकादशी तिथि, १७ः०५ बजेपछि द्वादशी। पूर्वाषाढा नक्षत्र। चन्द्रराशि धनु ।

मेष राशि

मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ।

बृष राशि

काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले समस्या पार लगाउन सकिनेछ। गोप्य रहस्य पत्ता लाग्नेछ ।

मिथुन राशि

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ।

कर्कट राशि

मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।

सिंह राशि

मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ।

कन्या राशि

अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ। आफ्नैले धोका दिन सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ।

तुला राशि

प्रयत्न गर्दा राम्रै अवसर पाइनेछ। साथीभाइले पनि सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। प्रतिस्पर्धीहरूले हार खानेछन् ।

बृश्चिक राशि

बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।

धनु राशि

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् ।

मकर राशि

अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। उधारोमा व्यापार हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ।

कुम्भ राशि

कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्नेछ।

मीन राशि

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुनेछ। व्यापारमा राम्रै फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेत गर्दा कार्यसिद्धिको समय छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ५ : ५७ बजे