Logo

मुख्य समाचार

सुन तस्करी प्रकरणबारे सूचना दिन सीआइवीको आग्रह



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले ६० किलो सुन तस्करी प्रकरणबारे केही सूचना, तथ्य वा प्रमाण भए दिएर सहयोग गर्न अनुरोध गरेको छ ।

ब्यूरोले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सुनबारे कुनै सूचना भए ब्यूरोको इमेल ठेगाना वा ब्यूरोका सूचना अधिकारीलाई ९८५१२९१३११ मा सम्पर्क गर्न भनेको छ ।

यसअघि सुन तस्करीबारे आफूहरुसँग सूचना रहेको र आवश्यक परे दिने भन्दै रास्वपा सभापति समेत रहेका सांसद रवि लामिछानेले संसद बैठकमै जानकारी गराएका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ९ : ०३ बजे