Logo

खेलकुद

महिला क्रिकेटमा नेपाल र मलेसिया खेल्दै



काठमाडाैं । मलेसियामा जारी चार देश सम्मिलित टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिजमा लिगको अन्तिम खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दै छ ।

नेपाल दुई खेल जित्दै फाइनलमा स्थान बनाइसकेको छ । मलेसिया नेपाललाई पराजित गर्दै फाइनलको स्थान बनाउन चहान्छ ।

बायोमास ओभलमा हुने खेल नेपाली समय अनुसार पौने १२ बजे सुरु हुने छ । नेपालले यसअघि पहिलो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  १० : ४० बजे