Logo

मुख्य समाचार

चन्द्रमामा पुग्यो भारतले पठाएको यान



काठमाडौं । भारतले पठाएको यान चन्द्रामा पुगेको छ । बुधबार साँझ भारतले पठाएको चन्द्रयान-३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको हो ।

नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ ।

इसरोले ल्यान्डर अवतरणको भिडिओ लाइभ गरेको थियो। जुलाई १४ मा चन्द्रयान-३ प्रक्षेपण भएको थियो । चन्द्रयान-३ मा अर्बिटर, ल्यान्डर र रोभर गरी तीन महत्वपूर्ण भाग छन् । ल्यान्डरको नाम विक्रम राखिएको छ ।

इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) का संस्थापक विक्रम साराबाईको नाममा ल्यान्डरको नाम राखिएको हो । विक्रमले बोकेको रोभरको नाम प्रज्ञान राखिएको छ ।  प्रज्ञानको तौल २६ किलो छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ७ : ५० बजे