Logo

मुख्य समाचार

बाजुरामा खोलाले बगाएर एकजना बेपत्ता



बाजुरा । बाजुरामा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । बुढीनन्दा नगरपालिका–४ घोडाकोट ताडी खोलामा काठेपुल भत्किँदा बुधबार दिउँसो एक जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा सोही नगरपालिका–३ लौठारुखका लली ल्वारका २६ वर्षीय छोरा गंग ल्वार रहेका छन् । ल्वारसँगै खोलामा बगेको भैँसीको भने सकुसल उद्धार गरिएको छ । ल्वार र भैँसीको पाडो भने अहिसम्म नभेटिएको बुढीनन्दा नगरपालिका–३ का वडाअध्यक्ष जंगवीर रोकायाले बताए ।

ताडीबाट घोडाकोट आउने क्रममा घोडाकोटताडी खोलामा रहेको काठेपुल भत्किदा बेपत्ता भएका ल्वारको इलाका प्रहरी कार्यालय कोल्टीको टोली र स्थानीले खोजी गरिरहेका छन्।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ६ : ५८ बजे