Logo

मुख्य समाचार

ललिता निवास जग्गा प्रकरणमा गच्छदारसँग सीआइवीले वयान लियो



काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सीआईबीले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग बयान लिएको छ । सोमबार साँझ सीआईबीले बयान लिएको हो ।

ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा २०७६ माघ २६ गते दायर गरेको मुद्दामा पनि गच्छदारलाई अभियुक्त बनाएको छ । उनलाई ९ करोड ६५ को बिगो दाबी गरिएको थियो ।

विषेश अदालतले गच्छदारलाई २०७८ असोज ३० मा १० लाख रुपैया धरौटीमा रिहा गरेको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ११ : २८ बजे