Logo

Breaking News 1

समाजवादी मोर्चाको बैठक आज बस्दै



काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्दै छ । आइतबारका लागि बोलाइएको बैठक अन्तिम समयमा रोकिएपछि सो बैठक सोमबार बोलाइएको हो ।

सो बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रिय कार्यालय आलोकनगरमा बिहान ७ः ३० बस्नेछ । सो बैठकमा ललिता निवास प्रकरणमा मुछिएका नेकपा एसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र गौर हत्याकाण्डको छानबिनको दायरामा परेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतको उपस्थित हुनेछ । सो बैठकमा सोही बिषय पनि छलफल हुने बताईएको छ ।

साथै, सरकार सञ्चालन र मोर्चालाई अघि बढाउने विषयमा छलफल बताइएको छ । नेकपा एकीकृत माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे पहलकदमीकाे गठन भएकाे साे माेर्चामा नेकपा एस र जसपा नेपालसहित नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वकाे नेकपा सम्मिलित छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ६ : ४८ बजे