Logo

विश्व

युक्रेनमा रुसको मिसाइल आक्रमण, ७ जनाको मृत्यु, ११७ घाइते



काठमाडौं । रुसले युक्रेनको उत्तरी शहर चेर्निहिवमा मिसाइल महला गरेको छ ।

आक्रमणमा परी ६ वर्षका एक बालकसहित ७ जनाको मृत्यु भएको छ भने ११७ जना घाइते भएका छन् । घाइतेमध्ये १२ जना बालबालिका रहेका युक्रेनले जनाएको छ ।

मानिसहरु चर्च जान लागेका बेला बाटोमा आक्रमणमा परेकाले धेरै मानिसको घाइते भएको जनाइएको छ । आक्रमणमा मारिएकाहरुको सम्मानमा चेर्निहिव शहरमा ३ दिन शोक मनाइने बताइएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ८ : २२ बजे