काठमाडौँ । सरकारले मिटरव्याजसम्बन्धी कानून निर्माण गरेपछि अहिलेसम्म ३ हजार १६१ पीडितसँग साहुले मिलापत्र गरेका छन् ।
गृह मन्त्रालयको तथ्याङ्कअनुसार शुक्रबारसम्म तीन हजार एक सय ६१ पीडितसँग मिलापत्र भएको हो । पीडितले साहुसँग एक अर्ब आठ करोड ६० लाख ८३ हजार छ सय ९४ माग गरेको देखिएको छ ।
साहुले भने रकम बढाएर दुई अर्ब ६१ करोड ६२ लाख २१ हजार दुई ४३ लिनुपर्ने बनाएको मिलापत्रका क्रममा देखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा बढी मधेस प्रदेशको ६९ करोड ५१ लाख छ भने सबैभन्दा कम कर्णालीमा तीन करोड छ लाख रहेको छ । अहिलेसम्म तीन हजार एक सय ६१ जनाबाट साहुले हडपेको एक सय १८ बिघा १९ कठ्ठा छ धुर जमिन पीडितलाई फिर्ता भएको छ ।
अहिलेसम्म पीडित भएको भनेर २३ हजार ९ सय ६१ जनाले उजुरी दिएका छन् ।
प्रतिक्रिया