Logo

मुख्य समाचार

जमिन भासिएपछि खानीगाउँ पहिरोको जोखिममा


३२ श्रावण २०८०, बिहिबार  

0
Shares

गोरखा ।  उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, खानीगाउँ पहिरोको जोखिममा छ । पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा परेको छ । ३२ घर पहिरोको उच्च जोखिममा छन् ।

गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङका अनुसार बस्तीमाथिको जमिन चिराचिरा परेको छ । जमिन खाल्डो पर्दै गएपछि बस्ती जोखिममा परेको उनको भनाइ छ । केही परिवार विद्यालयमा बास बस्न थालेका छन् ।

बस्ती खाली गरेर अन्यत्र सर्न स्थानीयवासीलाई गाउँपालिकाले आग्रह गरेको छ । पहिरोले खानीगाउँका ३२ परिवारका १०५ जना प्रभावित भएका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ९ : ५० बजे