काठमाडौं । उपत्यका प्रहरी कार्यालयका प्रमुख रहेका एआईजी श्यामलाल ज्ञवाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीको सरुवाको तयारी भइरहेका बेला प्रहरी महानीरिक्षक बसन्त कुँवरले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।
महानीरिक्षक कुँवरले सभापति देउवालाई धुम्बाराहीस्थित निवासमै भेटेका हुन् । बुधबार साँग ७ बजे सभापति देउवा भेट्न धुम्बाराही पुगेका कुँवर झण्डै एक घण्टासम्म भेटवार्ता गरेको बताइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँणलाई पक्राउ गर्न आफै पुगेका केसीको सरुवा गर्न गृह मन्त्रालय अघि सरेको दाबी गरिएको छ ।
यता उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीको समेत सरुवाको तयारी भएको बताइएको छ । उनको सरुवा भने मन्त्रिपरिषद् बैठकले गर्नुपर्ने भएकाले अब बस्ने बैठकबाट सरुवा हुनसक्ने बताइएको छ ।
प्रतिक्रिया