डडेल्धुरा । बुधबार मृत अवस्थामा फेला परेकी डडेल्धुराको परशुरामकी अमृता राउटेको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।
परशुराम नगरपालिका–१२ आमपानिकी १४ वर्षीया बालिका अमृता घर नजिकैको रंगुन खोलामा बुधबार मृत अवस्थामा फेला परेकी थिइन् ।
मंगलबार दिउँसो अन्य साथिहरूसँगै माछा मार्न खोलामा गएकी अमृता अबेर सम्म घर नआउदा खोजिकार्य गरिएको थियो । उनीसँगै माछा मार्न गएका अन्य समयमै घर फर्किएका थिए तर एक जना बालक मृतक अमृतासँगै खोलामै थिए ।
नियन्त्रणमा लिएका व्यक्ति पनि नाबालक भएकाले उनको परिचय भने गोप्य राखिएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगा दत्त बडुले बताए। पक्राउ पर्ने बालक राउटे सामुदायकै रहेको खुलेको छ ।
प्रतिक्रिया