Logo

Breaking News 1

सुन तस्करी प्रकरण : थप चारजना चिनियाँ पक्राउ



काठमाडौं । सुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

२ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा जाँचपास भएर बाहिरिएको ‘ब्रेक शु’भित्र राखेर सुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ नागरिक पक्राउ परेका हुन् ।

उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो । सुन तस्करी र संगठित अपराध कसुरमा यसअघि १७ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ४ : ५७ बजे