Logo

Breaking News 1

कांग्रेस संसदीय दलको बैठक बस्दै, बाँकी सांसदहरुले आफनो धारणा राख्ने



काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ ।

गत शुक्रवार देखी जारी संसदीय दलको बैठकको निरन्तरताको क्रममा आज पनि बैठक बस्न लागेको हो ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने उक्त बैठक बिहान १० बजे बोलाईएको छ ।

समसमायिक राजनीतिक बिषय, सांसद सुनिल शर्मा प्रकाउ प्रकरण देखी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने कि नबनाउने ? भन्ने बिषयमा छलफल भईरहेको छ । हिजोसम्म उक्त बैठकमा ५४ सांसदहरुले आ आफनो धारणा राखिसकेका छन, आज बाँकी सदस्यहरुले आ आफनो धारणा राख्ने छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ६ : ५० बजे