सोलुखुम्बु । सोलुखुम्बुमा विषालु च्याउ खाँदा एक दम्पती बिरामी परेका छन् । बिरामी हुनेमा सोलुदुधकुण्ड नगरपालिका-४ बागबानीका ५५ वर्षीय सन्तविर तामाङ र उनकी श्रीमती ४० वर्षीया नानी माया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार आज आइतबार बिहान १० बजे जंगलबाट टिपेर ल्याएको रातो रंगको विषालु च्याउ पकाएर खाँदा तामाङ दम्पती सिकिस्त बनेका थिए ।
च्याउ खाएको केही समयमै बान्ता हुने समस्या देखिएका तामाङ दम्पतीको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ। अहिले उनीहरूको अवस्था सामान्य रहेको जिल्ला पहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रतिक्रिया