Logo

मुख्य समाचार

बमले उडाउने धम्की पछि एफिल टावर खाली गराइयो



पेरिस । मध्य पेरिसमा रहेको एफिल टावरमा बम भएको खबर आएपछि खाली गराइएको छ । यसको तीन तला खाली गरिएको थियो । यो संसारमा सबैभन्दा धेरै भ्रमण गरिएको पर्यटक स्थलहरू मध्ये एक हो। गत वर्ष यसले ६.२ मिलियन यात्रुलाई आकर्षित गरेको थियो ।

मिडिया रिपोर्टका अनुसार एफिल टावरलाई बमको धम्की दिइए पछि सावधानीका रूपमा यसलाई खाली गरिएको हो । साथै शनिबारसम्म सर्वसाधारणका लागि बन्द गरिएको छ ।

एफिल टावर सञ्चालित संस्था एसईटीईले बम डिस्पोजल विशेषज्ञ र प्रहरीले एउटा तल्लामा रहेको रेस्टुरेन्टलगायत क्षेत्रमा खोजी गरेको फ्रान्स २४ ले रिपोर्ट गरेको छ। एसईटीईकी एक महिला प्रवक्ताले यस्तो अवस्थामा यो सामान्य प्रक्रिया भएको बताइन् ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ७ : ५५ बजे