Logo

Breaking News 1

आजकाे माैसम : सातै प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसाे र राति भारी वर्षा हुने



काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । यसका साथै भारतको उत्तर पूर्वी उत्तररप्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको विभागले उल्लेख गरेको छ ।

अहिले देशभर सामान्यदेखि पुर्ण बदली रहेको तथा गण्डकी प्रदेशका केही, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक/दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशभरदेखि पूर्ण बदली रहनेछ भने देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ६ : ०२ बजे