काठमाडौँ । सभामुख देवराज घिमिरेले नियमित कानुन बनाउनका लागि संसद् अवरोध बाधक भएको भन्दै अवरोध खोल्न आग्रह गरेका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगले धुलिखेलमा गरेको कार्यक्रममा उनले संसद् अवरोध भइरहँदा नियमित काम कारबाही अगाडि बढाउन नसकेको भन्दै कैयौं विधेयकहरूमा छलफल हुन नसकेको बताए ।
अघिल्लो कार्यकालमा पनि संसद् विघटन लगायतका कारण संसद्ले नियमित काम गर्न नसकेको भन्दै सभामुख घिमिरेले मानवअधिकार आयोगको घटुवा जस्ता गम्भीर विषयमा संसदमा छलफल गर्नुपर्ने संसद अवरोधका कारण समस्या आएको बताएका छन् ।
सुन तस्करी प्रकरणबारे छानविन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै नेकपा एमालेका सांसदहरूले लगातार संसद अवरुद्ध गर्दै आएका छन् ।
प्रतिक्रिया